नियम १०
बर्ड फ्लू नियन्त्रण सम्बन्धी कार्य गर्ने
(१) बर्ड फ्लू प्रभावित क्षेत्र वा सघन निगरानी क्षेत्रबाट अन्य क्षेत्रमा बर्ड फ्लू फैलिन सक्ने सम्भावना देखिएमा कार्यालय प्रमुख वा निजले तोकेको अधिकृतले नियम ८ बमोजिम घोषित बर्ड फ्लू प्रभावित क्षेत्र वा नियम ९ बमोजिमको सघन निगरानी क्षेत्रबाट वा. त्यस्तो क्षेत्र भएर पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा बर्ड फ्लू सार्न सक्ने अन्य वस्तुको ओसार पसार गर्न ऐनको दफा १५ बमोजिम प्रतिबन्ध लगाउन सक्नेछ।
(२) कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृतले बर्ड फ्लू प्रभावित क्षेत्र वा सघन निगरानी क्षेत्र भित्रका पन्छी फार्म, हयाचरी, कोल्ड स्टोर, पन्छी सङ्कलन केन्द्र, पन्छी बजार, पन्छी वधस्थल वा वधशाला, पन्छीको बासस्थान तथा पन्छी एवं पन्छीजन्य पदार्थ, पन्छी उत्पादन- सामग्री र बर्ड फ्लू सार्न सक्ने अन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसारपसार हुने स्थानमा (पूर्व सूचना दिई आवश्यकता अनुसार प्रवेश गरी ऐन बमोजिम जाँचबुझ गर्न, नमूना सङ्कलन गर्न तथा तत्काल जोखिम न्यूनीकरण गर्न आवश्यक आदेश दिन सक्नेछ।
(३) विभागले जोखिम विश्लेषणको आधारमा उपयुक्त स्थानमा अस्थायी पशु क्वारेन्टाईन चेकपोष्ट तत्काल स्थापना गरी चेकजाँचको व्यवस्था गर्न सक्नेछ।
(४) बर्ड फ्लू प्रभावित क्षेत्रमा त्यस्तो घोषणा कायम रहेसम्म कसैले ऐनको दफा १५ विपरीत हुने गरी पन्छीपालन गर्न, हयाचरी तथा पन्छी दाना उद्योग सञ्चालन गर्न र पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा वर्ड फ्लू सार्न सक्ने अन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री वितरण तथा ओसार पसार गर्न पाइने छैन। (५) बर्ड फ्लू प्रभावित क्षेत्रमा बर्ड फ्लू नियन्त्रणको लागि विभागले आवश्यकता अनुसार सम्बन्धित: प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयसँगको समन्वयमा तत्काल बर्ड फ्लू नियन्त्रण कक्ष स्थापना गरी नियन्त्रण कार्य सञ्चालन गर्न सक्नेछ।